२९ आश्विन २०८३, बिहिबार

मंसिर ४ गते बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म उपत्यकामा सवारी साधन बन्द

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० कात्तिक । काठमाडौं उपत्यकाका ३ जिल्ला प्रशासन कार्यालयले मंसिर ४ गते बिहान ४ बजेबाट साँझ ७ बजेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ ।

बुधबार बिहान बसेको ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आन्तरिक सवारी साधन आवागमन बन्द गर्ने निर्णय गरेको हो । अनुमतिप्राप्त सवारी साधनलाई भने चल्न दिइनेछ ।

यस्तै, बैठकले मंसिर १ गतेदेखि मंसिर ४ गते राति १२ बजेसम्म तीन वटै जिल्लामा मदिरा ओसारपसार, विक्रीवितरणमा रोक लगाउने निर्णय पनि भएको छ ।

बैठकले १ र २ गते अत्यावश्यक सुरक्षा, विपद जस्ता अत्यावश्यक अवस्थामा बाहेक अन्य सेवाप्रवाह बन्द गर्ने निर्णय पनि गरेको छ ।