
काठमाडौं, ३० कात्तिक । भारतमा अहिले एउटा विभत्स हत्याकाण्डले चर्चा पाएको छ ।
दिल्लीमा ३५ वर्षीय अफ्ताब अमिन पुनावालाले आफ्नी २७ वर्षीया प्रेमिका श्रद्दा वाल्करको ३५ टुक्रा पारेर हत्या गरेका छन् । उनले प्रेमिकाको हत्यापछि शवलाई ३५ टुक्रा पारेर फ्रिजमा लुकाएर राखेका थिए ।
शव लुकाउनकै लागि उनले ३ सय लिटरको फ्रिजसमेत किनेको खुलेको छ । फ्रिजमा राखिएको शवको टुक्राहरु अफ्ताबले कसैले थाहा नपाउने गरि थोरै थोरै गर्दै जंगलको फरक फरक स्थानमा फाल्ने गर्दथे ।
उनी सधैँ राति २ बजे घरबाट बाहिर शवको टुक्रा फाल्न निस्कन्थे । प्रहरीले अझै पनि शवको सबै टुक्रा भेट्न सकेको छैन । शवको टाउको अहिलेसम्म नभेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
परिवारको असहमतिकाबीच उनीहरु लिभिङ टुगेदरमा बस्दै आएका थिए । पछिल्लो समय श्रद्दाले पनि अफ्ताबलाई बिवाहका लागि दवाब दिन थालेपछि अफ्ताबले श्रद्दाको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
भारतभर अहिले अफ्ताबलाई फाँसी दिनुपर्ने आवाज उठिरहेको छ ।













प्रतिक्रिया