
काठमाडौं, ३० कात्तिक । चितवनमा नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ चढेको गाडीमा इँट्टा प्रहार भएको छ ।चितवन क्षेत्र नम्बर-२ मा गठबन्धनबाट उम्मेदवार रहेका पूर्वराज्यमन्त्री श्रेष्ठको गाडीमा बुधबार बिहान इँट्टा प्रहार भएको हो ।
इँट्टा प्रहारबाट बा ३ च २०५० नम्बर गाडी अगाडिको सिसा फुटेको छ। तीनवटा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुले गाडीमा इँट्टा हानेर भागेको प्रहरीले जनाएको छ ।
उनीहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।













प्रतिक्रिया