२९ आश्विन २०८३, बिहिबार

भक्तपुरको घरमा आगो लाग्दा जलेर एक युवतीको मृत्यु

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० कात्तिक । भक्तपुरको एक घरमा आगलागी हुँदा जलेर एक युवतीको मृत्यु भएको छ ।

बुधबार बिहान मध्यपुरठिमी नगरपालिका-६ कुण्डोलमा आत्माराम केसी र हरिशरण केसीको घरमा आगो लाग्दा आत्मारामकी २५ वर्षीया छोरी अस्मिताको जलेर मृत्यु भएको हो ।

अस्मिता सुस्तमनस्थिति र प्यारालाइसिसबाट रोगबाट पीडित थिइन् । आगलागी हुँदा घरभित्रै रहेकी १४ वर्षकी नित्मा केसीलाई भने उद्वार गरेर अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, भक्तपुरबाट दुई वटा दमकल साथै स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

के कति कारणले आगलागी भएको भन्ने खुलेको छैन ।