३ मंसिर २०८३, बिहिबार

हत्याहिंसाको राजनीति गर्नेलाई मतबाट हराउनुपर्छः एमाले उम्मेदवार शिवाकोटी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, २९ कात्तिक । नेकपा एमाले दोलखाका नेता एवं दोलखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण शिवाकोटीले हत्याहिंसाको राजनीति गर्नेहरुलाई जनताले आफ्नो मतबाट हराउनुपर्ने बताएका छन् ।

सर्वसाधारणको हत्या हिंसाको राजनीति दीगो नहुने बताउँदै उनले अबको निर्वाचनमा एमाले पार्टीलाई सूर्य चिन्हमा मतदान गरी विजयी गराउन आग्रह गरे ।

उनले आफु प्रतिनिधिसभामा नेकपा एमालेसँगै नेपाली कांग्रेस र नेकपा सामाजवादीको साझा उम्मेदवार भएको समेत बताए । जिल्लाको शैलुङ गाउँपालिकामा आज राम बहादुर घिसिङको २० औँ स्मृति दिवसलाई सम्बोधन गर्दै एमाले उम्मेदवार शिवाकोटीले कांग्रेस र सामावादीको पार्टीको तर्फबाट प्रतिनिधि सभामा उम्मेदवार नभएकोले ती पार्टीको पनि आफु साझा उम्मेदवर रहेको  बताए ।

त्यसैगरी शिवाकोटीले शैलुङको समग्र विकासका लागि पहल गर्ने समेत मतदाता सँग प्रतिवद्धता व्यक्त गरेका छन् ।

तत्कालिन काटाकुटी गाविस वडा नम्बर ९ का घिसिङको माओवादीले २०५९ कात्तिक २६ घरबाटनै अपहरण गरेको थियो भने कात्तिक २९ गते शव फेला परेको थियो ।

घिसिङको सम्झनामा प्रत्येक वर्ष स्मृति दिवस मनाउने गरिएको छ ।

घिसिङ नेकपा एमालेको तर्फबाट २०४९ र ५४ सालमा गाविस उपाध्यक्ष समेत भएका थिए भने तत्कालिन ईलाका नम्बर ७ को नेकपा एमालेको ईलाका कमिटीका सदस्य समेत रहेका थिए ।