२९ आश्विन २०८३, बिहिबार

प्रधानमन्त्री देउवाको सुरक्षामा खटिएका सई ढलेपछि…

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षार्थ ड्युटीमा खटिएका वरिष्ठ सई प्रेमसिंह भण्डारी मंगलबार एक्कासी ढले ।

बाँकेको नेपालगञ्जस्थित विमानस्थलमा प्रधानमन्त्री देउवाको सुरक्षा प्रमुखका रुपमा कार्यरत भण्डारी बेहोस भएर ढलेपछि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरिदिए ।

चुनावी प्रचारको क्रममा प्रधानमन्त्री देउवा र पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो विमानस्थलमा पुगेका थिए ।

सोही बेला उनी विमानस्थल बाहिरको चौरमा बेहोस भएर ढलेको प्रहरीले जनाएको छ । उनलाई हृदयाघात भएको बताइएको छ ।