
काठमाडौं, २९ कात्तिक । पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफलाई कोरोना संक्रमण भएको छ ।
सूचना तथा प्रसारण मन्त्री मरियम औरङ्गजेबले विज्ञप्ति जारी गर्दै बेलायतको पाँच दिने भ्रमणबाट फर्किएका प्रधानमन्त्रीलाई कोभिड-१९ सङ्क्रमण देखिएको बताए ।
मन्त्रीकाअनुसार प्रधानमन्त्री सरिफ चिकित्सकको सल्लाहमा निगरानीमा रहेका छन् ।
यसैबीच, पाकिस्तानको राष्ट्रिय सभाका सभामुख राजा परवेज अशरफले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।













प्रतिक्रिया