२९ आश्विन २०८३, बिहिबार

मेलम्चीको पानी काठमाडौँ पठाउनका लागि काम सुरु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ कात्तिक । वर्षाका कारण अवरुद्ध मेलम्चीको पानी पुनः काठमाडौँ पठाउने काम सुरु गरिएको छ । वर्षायाममा क्षति हुनसक्ने भन्दै गत जेठमा बन्द गरिएको सुरुङ हालसम्म सञ्चालन गरिएको थिएन ।

यस वर्ष सुरुङमा खासै क्षति नभए पनि आयोजना स्थलसम्म पुग्ने सडक अधिकांश बिग्रिएको थियो । सो सडक निर्माणको काम अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले बताए ।
अहिले आयोजनाको टोली मुहान मर्मतमा खटिएको उनले जानकारी थिए । आवश्यक उपकरणसहितको टोली आयोजनास्थलमा खटिएको र खोला डाइभर्टलगायत केही काम सुरु गरिएको उनले बताए। बुधबारदेखि सुरुङ खोतल्ने काम सुरु हुने उनको भनाइ छ।

सुरुङभित्र खासै क्षति नभएको, सुरुङ बाहिर पनि गत सालभन्दा आधा मात्र सरसफाइ गर्नुपर्ने देखिएको उनले बताए । जतिसक्दो छिटो पानी सुरुङमा पठाउने गरी काम गरिने उनको भनाइ छ ।

उनकाअनुसार सडक अवरुद्ध भएकाले मेसिन आयोजनास्थलमा पु¥याउन नसक्दा पानी ल्याउन ढिलाइ भएको हो । विसं २०७८ असार १ को बाढीले आयोजनाको बाँध र हेड्वर्कसमा क्षति पु¥याएपछि मर्मत गरी २०७९ वैशाख ११ गतेदेखि जेठ तस्रो सातासम्म पानी लगिएको थियो ।

विसं २०७८ असार १ गते सुपरीवेक्षण गर्नका लागि भन्दै सुरुङ बन्द गरेकै दिनमा ठूलो बाढी आएर मेलम्चीको हेड्वर्क्स क्षेत्रमा क्षति पुगेको थियो । गेग्रान हटाउने कार्य चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो पावरले गर्ने छ ।