२९ आश्विन २०८३, बिहिबार

एमालेबाहेक अरुले जित्नुपर्ने आधार नै छैनः अध्यक्ष ओली

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २९ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ललितपुरका दुई निर्वाचन क्षेत्रमा पुगी आसन्न निर्वाचनमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका एमाले उम्मेदवारहरूलाई हौसला र उत्साह प्रदान गरेका छन् ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रचारप्रसारको देशव्यापी कार्यक्रमको व्यस्त कार्यतालिका बीच अध्यक्ष ओली मंगलबार बिहान ललितपुरको भैंसेपाटी र छम्पी पुगेका थिए ।

अध्यक्ष ओली ललितपुर निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत गोदावरी नगरपालिका– ९ को छम्पीमा घरदैलोमा सहभागी भएका थिए । अध्यक्ष ओलीले छम्पीमा सम्बोधन गर्दै ललितपुर निर्वाचन क्षेत्र नं। १ मा नेकपा (एमाले) बाहेक अन्य कुनै दलले जित्नुपर्ने कुनै आधार नभएको बताए । उहाँले देश र प्रदेशका लागि एमाले बाहेक अरूले विगतमा के गरे, त्यो सबैले देखेको बताए ।

अध्यक्ष ओलीले भने–‘एमालेको सरकार हटाएर गठबन्धनको परमादेशी सरकार बनाएको १६र१७ महिनाभित्र देशलाई बर्बाद बनाउने काम मात्र भएको छ ।’

उनले देशको विकास, लोकतन्त्रको रक्षा र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन आगामी निर्वाचनमा एमालेले जित्नुपर्ने बताए । यसअघि ललितपुरको निर्वाचन क्षेत्र नं.३ मा पर्ने भैंसेपाटीमा भेटघाट र पैदलयात्राका लागि पुगेका अध्यक्ष ओलीलाई त्यस क्षेत्रमा पार्टीले युवा, योग्य र अनुभवी उम्मेदवार बनाएकामा नागरिक समाज र स्थानीयको तर्फबाट आभार प्रकट गरिएको थियो ।

उक्त कार्यक्रममा अध्यक्ष ओलीले सो क्षेत्रका प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारलाई विजयको शुभकामना दिएका थिए । भैंसेपाटीमा अध्यक्ष ओलीलाई बरिष्ठ सञ्चारकर्मी भुषण दाहाल र टेलिभिजन कार्यक्रम सञ्चालक सुरजसिंह ठकुरीले स्वागत गरेका थिए ।