२९ आश्विन २०८३, बिहिबार

आमाछोरीको हत्या प्रकरण: २१ वर्षीय युवक पक्राउ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ कात्तिक । नुवाकोटमा आमाछोरीको हत्या घटनामा प्रहरीले १ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका-५ का २१ वर्षीय पुस्कल भनिने सोनम तामाङ रहेका छन् ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिका-५ बालकुमारीको भङ्गेरीमा सोमबार साँझ २० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनकी छोरी ३ वर्षीया कृष्टिना खतिवडाको हत्या भएको थियो।

प्रहरीका अनुसार आमाछोरीको शव विभत्स अवस्थामा घरको आँगन र पिँढीमा भेटिएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।