३ मंसिर २०८३, बिहिबार

पश्चिम नवलपरासी–२ मा एमालेप्रति मतदाताको आकर्षण, जीत निश्चित छ: अधिकारी

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा चुनावी आंकलन शुरु हुन थालेको छ । पश्चिम नवलपरासीको क्षेत्र नं.२ को चुनाव पनि रोचक बन्दै गएको छ । यस क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, नेकपा एमाले-जसपा तालमेलबाट एमाले जिल्ला अध्यक्ष दीपेन्द्र कुमार अधिकारी र राप्रपा-लोसपा गठबन्धनबाट राप्रपाका केन्द्रीय उपाध्यक्ष धुव्रबहादुर प्रधानबीच मूख्य प्रतिस्पर्धा हुँदै छ ।

कांग्रेस उम्मेदवर कँडेल यस क्षेत्रबाट यसअघि तीन पटकसम्म निर्वाचित भईसकेका छन् । एमालेका अधिकारी र राप्रपाका प्रधान नयाँ अनुहार हुन् । चुनावी सरगर्मी बढ्दै जाँदा पश्चिम नवलपरासीको क्षेत्र नं. २ का मतदाताले यसपटक नयाँ अनुहारलाई जिताउने पक्षमा देखिएका छन् । तीनपटक सम्म जित्दा पनि कँडेलले यस क्षेत्रमा केही काम गर्न नसकेको मतदाताको गुनासो छ ।

राप्रपाका प्रधान पनि अधिकांश समय काठमाडौं बस्ने र चुनावको समयमा मात्र जिल्ला फर्किने गरेको गुनासो मतदाताको छ । एमालेका अधिकारी जिल्लावासी र जिल्लामै राजनीति गर्दै जनताको सेवामा समर्पित रहेकोले यसपटक यहाँका मतदाताको आकर्षण एमालेका उम्मेदवारप्रति देखिएको सुनवलका दीपक ढकालको बुझाई छ ।

कांग्रेसबाट तीन पटकसम्म निर्वाचित कँडेलले आफूले केही गर्न नसकेको तर एमालेको सरकारले गरेका विकास निर्माणको जस लिएर मतदतालाई भ्रम सिर्जना गर्दै चुनाव जित्दै आएपनि यसपटक मतदाता सचेत रहेको पाल्हीनन्दनका कृष्ण यादवले बताए । “कांग्रेसले झण्डै ३० वर्ष सरकारको नेतृत्व गर्दा गर्न नसकेको तर एमालेको सरकार आएलगत्तै महेशपुरको छोटी भन्सार मूल भन्सारमा परिणत भएको जगजाहेरै छ, तर कँडेलले मैले गरेको हो भन्दै भ्रम छरेर जनतालाई बेकुफ बनाउन खोजेका छन्,हामी मतदातालाई हेप्नेलाई अबको चुनावमा देखाईदिन्छौँ”,उनले भने ।

कँडेलले तीन पटकसम्म जित्दा पनि केही गर्न नसकेको तर एमालेका बैजनाथ चौधरीले यहाँबाट एकपटक प्रतिनिधिसभामा र एकपटक प्रदेशसभामा जितेर लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री हुँदा जिल्लामा अर्बाैँ बजेट भित्राउन सफल हुनुभएको एमाले नेता बीरेन्द्र यादवले बतए ।

महेशपुर भन्सारको स्तरोन्नती, परासी बजारमा चारलेनको सडक, सुनवल तुरिया गैँडाखाल अमरौट, हकुई तोनवा सडक, बासा पिप्रैया सडक,सरावल गाउँपालिका पहुँच मार्ग सडक,सुनवल महलपोखरीको बनाहा बेलारी खण्ड,सुनवलको ज्यामिरे बैरागनाथ हुँदै रामग्राम पोखरापाली सडक,सुनवलको कीर्तिपुरमा नमूना सडक,भूमही प्रतापपुर जर्गाहा सडक,मन्झरिया देखि रगरगन्ज सडक,सन्तपुर सण्डा सडक, हरकट्टा मामिसतिसबरिया सडक, अत्रहटी, खोखरपुरा सूर्यपूरा सडक,तुरिया उत्तर अटोभिलेज सडक,रामग्राम उजैनी लोहरौली, विष्णुपुरा सडकको केही भाग, सरावलको अहिरौली दंगीया सडक लगायत थुप्रै्र सडक एमालेका चौधरीले जितेपछि मात्र उनको पहलमा बन्न सफल भएको एमाले उपसचिव राजन आचार्यले बताए ।

उनका अनुसार बेलारी कुकुरखोला पुल,वनकट्टी छडेनी पुल,सोमनाथ खोला ट्रस पुल,खुर्सानीबारी सुखौरा पुल,सुनवल ३ र १० जोड्ने तुरिया पुल, रामग्राम स्तुप उजैनी र देउरवा जोड्ने पुल, सुनवल २ र रामग्राम १४ जोड्ने तुरिया खुटहट पुल, रामग्राम १४ भुसुनापुर पुल, रामग्राम १५ को शुक्रौली तुरिया पुल, रानीपाकड सहुवाटिकर पुल, महुवा खोला कालिकाटोल पुल,पाडाटिकर भलुही खोला पुल, सुनवल ३ र ५ जोड्ने कीर्तिपुर पुल,सुनवल १३ र ५ जोड्ने हर्दिया पुल, सण्डाको पुल, विशासय तिलकाना जोड्ने पुल एमालेका चौधरीको पहलमा निर्माण भएका छन् ।

यस्तै लौकेश्वर सिँचाइ,बासा सिँचाइ,शुक्रौली तुरिया सिँचाई,मिनि वनकट्टी, तिलकाना, सुनवल ७ मा डियुब ट्युबेल, भोर्लाबास सिँचाई,पोखरापाली डिप बोरिङ, हकुई हरियाली डिप बोरिङ लगायत गाउँगाउँमा खानेपानी आयोजना, कृषि, सिँचाइ, सडक, पुल पुलेसा लगायतका पूर्वाधारमा महत्वपूर्ण काम भएका छन् ।

अरुले कुरा मात्र गर्ने तर एमालेले जितेपछि विकासको काम गर्छ भन्ने यहाँका मतदातामा आशा र भरोसा रहेकोले यसपटक एमालेप्रति मतदाताको आकर्षण बढेको र आफ्नो जीत सुनिश्चित रहेको एमाले उम्मेदवार दीपेन्द्र अधिकारीले बताए । यहाँका मतदाताले अपार माया देखाईरहेको र जितेको हेर्न आतुर रहेको उनले बताए । यहाँबाट विजय भएपछि यो क्षेत्रलाई विकासको नमूना र उन्नत क्षेत्र बनाउँदै यहाँका किसानका समस्या, शिक्षा, स्वास्थ्यमा सुधार गर्दै जनताको सुख दुःखमा सँगै रहेर सेवा गर्ने अधिकारीले बताए ।

सत्ता गठबन्धनका उम्मेदवार भएपनि माओवादी केन्द्रले कँडेललाई विश्वास गर्न सकेको छैन् । माओवादी केन्द्रबाट पाल्हीनन्दन गाउँपालिकामा निर्वाचित दीपक गुप्तालाई काम गर्न नदिने, हरेक काममा अदालतमा मुद्धा हाल्न लगाउने र अहिले लागु औषध मुद्धामा फसाउन पनि कांग्रेसका कँडेल र बैजनाथ जयसवालको हात रहेकोले पाल्हीनन्दनका माओवादी कार्यकर्ता उनलाई भोट हाल्न नमानेको माओवादीका एक नेताले बताएका छन् । कांग्रेस भित्रै पनि कँडेलले आफू बाहेक अन्य माथि जान नदिने प्रवृत्तिका कारण अधिकांश नेता कार्यकर्ता रुष्ट छन ।

कँडेलले आफ्नो चाकरी गर्ने कार्यकर्तालाई मात्र अगाडि लाने र उनी भन्दा अघि जान खोजे सिध्याउने प्रवृत्तिका कारण कांग्रेसमा असन्तुष्टि छ । कांग्रेसमा प्रतिनिधिसभामा लड्ने अन्य धेरै योग्य नेताहरु पनि छन् तर सँधै कँडेलले आफु मात्र लड्ने गरेपछि कांग्रेस जिल्ला कार्यसमिति सोही कारण यो चुनावमा निष्क्रीय रहेको एक जिल्ला सदस्यले बताए ।