
काठमाडौं, २८ कात्तिक । नेकपा (एमाले) काठमाडौं निर्वाचन क्षेत्र नं. ५ को वृहत पदयात्रा पदयात्रा गरेको छ ।
पदयात्रामा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार ईश्वर पोखरेल, काठमाडौं क्षेत्र नम्बर ५ (१) का प्रदेश सभा सदस्य नारायण सिलवाल लगायत समाुनपातीकतर्फका उम्मेदवारहरुको सहभागीता रहेको थियो । पदयात्रामा स्थानीयहरुको पनि उल्लेख्य सहभागीता रहेको थियो ।
पदयात्रामा अभिनेत्री करिष्मा मानन्धरले पनि सहभागीता जनाएकी थिइन् ।
पदयात्रा हाँडीगाउँको गहना पोखरीबाट सुरु भई रुद्रमति मार्ग, विशाल नगर, बालुवाटार, कुँडालदेवी मन्दिर हुँदै धुम्बाराही पीपलबोटमा पुगेर समापन भएको थियो ।















प्रतिक्रिया