२९ आश्विन २०८३, बिहिबार

माओवादी टोखाका मेयरका उम्मेदवार एमाले प्रवेश गरेपछि ईश्वर पोखरेलको जित झन् सहज

5.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कात्तिक । काठमाडौं क्षेत्र नम्बर ५ मा गत स्थानीय तहको निर्वाचनमा माओवादीबाट टोखा नगरपालिकाको मेयरमा उम्मेदवार बनेका शेखर श्रेष्ठ आज एमालेमा प्रवेश गरेपछि नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको जित झनै सहज बन्ने भएको छ ।

माओवादीका काठमाडौं जिल्ला कमिटीका सदस्य समेत रहेका श्रेष्ठ २८ जना कार्यकर्तासहित एमालेमा प्रवेश गरेका हुन् । उहाँहरुलाई सोमबार एक कार्यक्रमका बीच नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेल, निर्वाचत परिचालन कमिटीकी संयोजक शान्ति अधिकारी, प्रदेश सभाका उम्मेदवार दीपक निरौला लगायतले पार्टीमा स्वागत गरे ।

काँग्रेस र माओवादीबीचको गठबन्धन गलत भएकाले आफूले विद्रोह गरेको श्रेष्ठले बताए । उनले गत स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिकाको मेयरमा तेस्रो स्थान हासिल गरेका थिए।

कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीमा प्रवेश गरेकाहरुलाई उचित जिम्मेवारी दिने बताए । एमालेको नेतृत्वमा मात्र देशको विकास सम्भव रहेको भन्दै उनले देशलाई माया गर्नेहरुलाई एमालेमा समाहित हुन आह्वान गर्नुभयो । एमालेले जिते मात्र देशमा स्थिरता हुने पोखरेलको धारणा रहेको छ ।

काठमाडौं क्षेत्र नम्बर ५ मा दैनिक जसो विभिन्न पार्टीबाट प्रवेशको लहर छ । स्थानीय तहको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ का १५ वटा वडा मध्ये ११ वटा वडामा एमाले एक्लैले जित हासिल गरेको छ भने बाँकी ४ वडामा अध्यक्ष बाहेकका सदस्यहरु जितेको छ ।

गठबन्धनभित्रको किचलोका कारण यस क्षेत्रमा एमालेमा प्रवेश गर्नेहरु दिनहुँ बढिरहेको छ । गठबन्धनले भूगोल भन्दा बाहिरबाट उम्मेदवार बनाएको छ भने एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल यसै क्षेत्रमा भिजेको हेभीवेट नेता हुन् ।

माओवादीबाट एमाले प्रवेश गर्नेहरूको सूची –

१. शेखर श्रेष्ठ
२. कृष्ण विक
३. सुरेन्द्र श्रेष्ठ (सचिव)
४. चेतबहादुर थापा
५. गंगालाल श्रेष्ठ
६. विनोद गौतम (वडा सदस्य उम्मेदवार)
७. नेत्रमान श्रेष्ठ
८. प्रकाश भण्डारी (वडा सदस्य उम्मेदवार)
९. रोनित भण्डारी (वडा सदस्य उम्मेदवार)
१०. सुनिता विष्ट (विक) (दलित महिला सदस्य उम्मेदवार)
११. ज्ञानबहादुर श्रेष्ठ
१२. अभिषेक श्रेष्ठ
१३. विशाल कार्की
१४. विमल मगर
१५ सोमराज गुरुङ
१६. रुजल श्रेष्ठ
१७. विकास थापामगर
१८. भुषण गुरुङ
१९. दीपेश श्रेष्ठ
२०. दिनेश मगर
२१. रुपेश महर्जन
२२. रुपेशबहादुर चन्द
२३. सिता भण्डारी
२४. शर्मिला थापा
२५. प्रवीण श्रेष्ठ
२६. सुरेश लावट (टोखा वडा नम्बर २ सहसचिव)
२७. प्रजन श्रेष्ठ (वाईसीएल वडा सदस्य)
२८. प्रवीण श्रेष्ठ (वाईसीएल वडा सदस्य)