
काठमाडौं, २८ कात्तिक । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले नेतृत्वमा आए मुलुकलाई सही दिशा र गन्तव्यमा पुराउन सकिने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पोखरेलले राष्ट्रियता र बिकास तथा समृद्धिका लागि एमालेले काम गरेको भन्दै अब एमाले नेतृत्वमा आए मुलुकलाई सही दिशा र गन्तव्यमा पु¥याउन सक्ने बताएका हुन् ।
उनले अहिले सिद्धान्तहीन, उदेश्य बिहीन र गन्तव्य बिहीन गठबन्धन एकातिर र मुलुकको राष्ट्रियताको रक्षा गर्ने एमाले अर्कोतिर रहेकाले एमालेले नेतृत्व गरेको राजनीतिक ध्रुवको वरिपरि गोलबद्व हुनुपर्ने बेला आएको जिकिर गरे ।
पोखरेलले अब नेकपा एमालेको बिकल्प अरु राजनीतिक शक्तिहरु हुन नसक्ने बताए । त्यस्तै, पोखरेलले पार्टीमा प्रवेश गरेकाहरुको राजनीतिक र सांगठनिक जीवनको सुनिश्चितता एमालेले गर्ने स्पष्ट पारे ।













प्रतिक्रिया