२९ आश्विन २०८३, बिहिबार

जनताको मन जित्दै सप्तरी-४ का स्वतन्त्र उम्मेदवार सुरेश

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त छन् । उनीहरुले मतदाताको घरदैलोमा पुगेर आफ्ना एजेण्डाहरु सुनाएर मतदाताको मन जित्ने प्रयास गरिरहेका छन् ।

यसैबीच, सप्तरी क्षेत्र नं.४ मा यसपटक स्वतन्त्र उम्मेदवार सुरेश कुमार चौधरी पनि घरदैलोमा व्यस्त छन् । क्यामेरा चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका सुरेश मतदाताको मन जित्दै मत मागिरहेका छन् । युवा उम्मेदवारसमेत रहेका सुरेशले युवा लक्षित एजेण्डा घरघर पुगेर सुनाइरहेका छन् ।

युवा लक्षित मात्रै हैन उनले वृद्व वृद्व, विकास निमार्ण, शिक्षा, स्वास्थ्य लगायतका एजेण्डाहरु बोकेर मतदाताका घरदैलोमा पुगिरहेका छन् । मतदाताहरुले पनि उनलाई भरपुर साथ दिइरहेका छन् । पछिल्लो समय स्वतन्त्र उम्मेदवारहरुको क्रेज बढेकाले पनि सुरेशको पक्षमा सप्तरी ४ मा पनि राम्रो माहोल बनेको देख्न सकिन्छ ।

राजनीतिक दलहरुबाट जनताहरु निराश भइसकेको भन्दै यो पटक मतदाताले आफूलाई विजयी गराउने चौधरीको दाबी छ । ‘जनताको घरदैलोमा जाँदा राजनीतिक दलहरुबाट धेरै नै निराशा पाएँ, यसपटक मतदाताहरुमा युवा उम्मेदवार नै रोजाईमा परेको देख्छु’–चौधरीले भने ।

उनले विगतमा जितेर गएका जनप्रतिनिधिले यस क्षेत्रको विकास गर्न नसकेकाले नै जनताले नयाँ उम्मेदवार खोजीरहेको उनको भनाई थियो । उनले स्थानीयस्तरको विकास निर्माणलाई प्राथमिकता दिँदै संसदमा यस क्षेत्रको आवाजलाई बुलन्द पार्ने प्रतिवद्धता व्यक्त गरे।

‘चुनाव जितेर गएपछि नेताहरु गाउँ नफर्किने जनताको गुनासो देखिन्छ, गाउँका विकास भएन भन्ने धेरै गुनासो सुनियो, यी सबै गुनासो सम्बोधन गर्न म अगाडि सरेको हुँ’, चौधरी भन्छन् ।