३ मंसिर २०८३, बिहिबार

देशको समृद्धि र बेरोजगारी समस्याको समाधान एमालेको सरकारले गर्छः पोखरेल

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २८ कात्तिक । नेकपा एमालेबाट चितवन निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णभक्त पोखरेलले देशको समृद्धि र बेरोजगारी समस्याको समाधान एमालेको सरकारले मात्र गर्न सक्ने बताएका छन् ।

चुनावी कार्यक्रम अन्तर्गत भरतपुर क्षेत्रमा घरदैलोका क्रममा पोखरेलले बेरोजगारी समस्या समाधानका योजना एमालेसँग मात्र रहेको बताए ।

उनले स्थानीय क्षेत्रको समस्या समाधान गर्न पालिका सरकारले गर्ने र राष्ट्रिय समस्या एमाले सरकारले गर्ने बताए । युवालाई रोजगारी दिनको लागि युवा लक्षित कार्यक्रम ल्याएर बेरोजगारीको समस्या हल गर्ने र जीवनस्तर उकास्ने नेता पोखरेलले बताए ।

‘संविधान निर्माणपछि आवश्यक कानून निर्माण गरेर समाजलाई व्यवस्थित पार्ने काम गर्न सफल भएका छौँ । पोखरेलले भने, अब आर्थिक समृद्धि गरेर देश विकास गर्नेछौँ ।’

उनले आफू निर्वाचित भएपछि स्थानीय, प्रदेश देखि केन्द्रसम्मको समस्या समाधान गर्न आफू तयार भएको समेत बताए । भरतपुर महानगरपालिका क्षेत्रका स्थानीयको आवश्यकता र पहाडी क्षेत्रको आवश्यकता फरक भएकाले त्यहाँको चाहना अनुसार विकासका पूर्वाधार ल्याउन आफू सक्षम भएको पोखरेलले बताए ।

इच्छाकामना गाउँपालिकाको आवश्यकता खानेपानी, बिजुली, सडक रहेको र भरतपुरको आवश्यकता ढल निकास रहेको भन्दै उनले त्यसका लागि आफुसँग दीर्घकालिन योजना रहेको स्पष्ट पारे । पोखरेलले जिल्लाको आवश्यकता, जनताको चाहना यहाँका स्थानीय उमेदवारले बुझ्ने भएकाले सोच विचार गरेर मात्र मतदान गर्न अनुरोध गरेका छन् ।

घरदैलोका क्रममा कार्यक्रममा बागमती प्रदेशसभा सदस्यका उमेदवार देवी ज्ञवालीले प्रदेशलाई नमुना बनाउने गरी आफू अगाडि बढेको बताए । केन्द्र र प्रदेश सरकार एमालेको निर्माण गरेर आर्थिक छलाङ मार्ने गरी काम गर्न आफू सक्षम भएको नेता ज्ञवालीको भनाइ छ ।