२९ आश्विन २०८३, बिहिबार

फेरि भूकम्पको त्रास: बझाङका स्थानीयलाई घर बाहिर बस्न आग्रह

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । शनिबार राति बझाङको खप्तडछान्न गाउँपालिका ६ लाई केन्द्रबिन्दु बनाएर ५ दशमलव ४ रेक्टरस्केलको भूकप्प गएपछि जोखिमलाई मध्यनजगर गर्दै प्रहरीले स्थानीयलाई घरभित्र नबस्न आग्रह गरेको छ ।

गत मगलबार राति बिहान गएको भूकम्पले घरहरु चर्काएकोमा थप शनिबारको भूकम्पले चर्काएपछि जोखिमलाई मध्यनजर गर्दै घरभित्र नबस्न भनिएको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ । यसका लागि प्रहरीले माइकिङ गरिरहेको छ ।

मंगलबार राति खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर गएको ६ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो । जसमा ६ जनाको मृत्युसमेत भएको थियो ।