३ मंसिर २०८३, बिहिबार

मकवानपुरमा आगलागीः नगद ५० हजार, २ तोला सुनसहित ४ सय कुखुरा जलेर नष्ट

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

मकवानपुर, २६ कात्तिक । मकवानपुरको भीमफेदी-९ घडेरी बस्ने लाल बाबु प्रजाको काठले बनेको २ तल्ले कच्चि घरमा आगलागी भएको छ ।

बिहीबार राती प्रजाको घरमा एक्कासी आगलागी हुँदा घरमा रहेको नगद ५० हजार, २ तोला सुन र घरको तल्लो तलामा पालिएको ४ सय वटा कुखुरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगलागीमा प्रजाको छोरी १९ वर्षीया रेजिना प्रजा आगोले पोलेर घाइते भएको र उपचारको लागी किर्तीपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घर, अन्नपात, लत्ताकपडा र भाडावर्तन, सुन, नगद, पशुपन्छी समेत जलेर नष्ट हुँदा १० लाख बराबरको क्षति भयको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।