३ मंसिर २०८३, बिहिबार

एन्फामाथिको प्रशासनिक र आर्थिक प्रतिबन्ध हटाउने राखेपको निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाउँदै आएको प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटाएको छ। राखेपको पछिल्लो निर्णयसँगै एन्फाले अब आफ्नो प्रशासनिक र आर्थिक गतिविधि सञ्चालन गर्ने बाटो खुलेको छ।

राखेपका सदस्यसचिव रामचरित्र मेहताले हस्ताक्षर गरेको पत्र बिहीबार एन्फालाई पठाइएको हो। पत्रमा राखेपको कार्यकारी समितिले गत नोभेम्बर १९ (मंसिर ३०) मा गरेको निर्णयअनुसार एन्फामाथि यसअघि विभिन्न चरणमा लगाइएका निलम्बन तथा प्रतिबन्ध फुकुवा गरिएको उल्लेख छ।

निर्णयअनुसार एन्फामाथिको प्रशासनिक र आर्थिक रोकसमेत पत्र जारी भएको मितिदेखि लागू हुने गरी हटाइएको छ। यससँगै संघका नियमित कामकारबाही र आर्थिक गतिविधि सञ्चालनमा रहेका अवरोध हट्ने अपेक्षा गरिएको छ।

यसअघि एन्फाले गत अप्रिल ५ (चैत २३) मा पत्र पठाउँदै आफूविरुद्ध लगाइएको निलम्बन हटाइदिन राखेपसँग आग्रह गरेको थियो। सोही अनुरोध तथा प्रचलित कानुनी व्यवस्थाका आधारमा प्रतिबन्ध फुकुवाको निर्णय गरिएको राखेपले जनाएको छ।

राखेपले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा ३ लाई आधार बनाएर निलम्बन हटाउने निर्णय गरेको हो।

यस निर्णयबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालय, सम्बन्धित मन्त्रीको सचिवालयसहित अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) लाई समेत औपचारिक जानकारी गराइएको राखेपले जनाएको छ।