३१ आश्विन २०८३, शनिबार

प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा पुग्यो त्रिभुवन आर्मी क्लब

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कात्तिक । त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज शुक्रबार कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा भएको दोस्रो सेमिफाइनलमा पुलिस क्लबलाई २ विकेटले हराउँदै आर्मी फाइनलमा पुगेको हो ।

पुलिसले दिएको ३०५ रनको लक्ष्य आर्मीले ४९ ओभर ५ बलमा ८ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ४ विकेट गुमाएर ३०४ रन बनाएको थियो ।

फाइनल खेल शनिबार हुनेछ । पहिलो सेमिफाइनलमा मधेश प्रदेशलाई हराएर एपीएफ फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन् भने उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् ।