
दाङ, २४ कात्तिक । एनएमबि बैंकले अमृतपुर खानेपानी तथा सरसफाई संस्थालाई आज एक थान ल्यापटप र प्रिन्टर सहयोग गरेको छ ।
तुलसीपुरमा रहेको एनएमबि बैंक तुलसीपुर शाखाले संस्थाका अध्यक्ष चन्द्रकान्त खरेललाई सो सामग्री हस्तान्तरण गरेको हो । सामग्री हस्तान्तरण गर्दै बैंकका शाखा प्रबन्धक रमेश रेग्मीले सामाजिक उत्तरदायीत्व अन्तर्गत सामग्री सहयोग गरिएको बताए ।
बैकले कर्जा असुलीसम्बन्धी कार्य मात्र नभएर सामाजिक कार्य पनि गर्नुपर्छ भन्ने उद्देश्यले आफ्नो शाखाको तर्फबाट ंसहयोग गरेको उनले बताए । साथै उनले प्रविधिमा आधुनिकीकरण गर्नका लागि सहयोग गरेको पनि बताए ।
संस्थाका कोषाध्यक्ष केशव ओलीले सामग्री सहयोग गरेको भन्दै बैंकलाई धन्यवाद ज्ञापन गरे ।















प्रतिक्रिया