२ कार्तिक २०८३, सोमबार

दार्चुलामा एमाले र सत्ता गठबन्धनका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला, २४ कात्तिक । आसन्न प्रतिनिधिसभा निर्वाचनमा दार्चुलामा बहालवाला मन्त्री र पूर्वमन्त्रीबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडू र नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री गणेशसिंह ठगुन्नाबीच मुख्य चुनावी भिडन्त हुने देखिएको हो ।

मन्त्री बडूलाई सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) लगायतको साथ छ भने एमालेका उम्मेदवार ठगुन्ना एक्लै चुनावी मैदानमा छन् ।

आसन्न निर्वाचनमा एमालेले कालापानी, लिम्पियाधुरा र लिपुलेक अतिक्रमित भूमिको मुद्दालाई चुनावी मुद्दा बनाएर केन्द्रीय नेतृत्वलाई नै यहीबाट चुनावी अभियान सुरुवात गरेको थियो ।

ठगुन्ना दार्चुलामा २०७० र २०७४ सालको निर्वाचनमा एमालेबाट विजयी भएका उम्मेदवार हुन् भने २०७४ को निर्वाचनमा समानुपातिक सांसद बनेका मन्त्री बडू यस पटक सत्ता गठबन्धनको भरमा चुनावी मैदानमा छन् ।