
दाङ, २४ कात्तिक । दाङ निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार शंकर पोखरेल र क्षेत्र नं. ३ की उम्मेदवार कोमल ओलीलाई फरक–फरक पार्टी दुई जना उम्मेदवारले समर्थन गर्ने भएका छन् ।
मौलिक जरोकिलो पार्टी दाङ क्षेत्र नं. २ का उम्मेदवार रामचन्द्र खड्काले नेकपा एमालेका उम्मेदवार शंकर पोखरेल र नेपाली जनमुक्ती पार्टी क्षेत्र नं. ३ का उम्मेदवार कृष्णवीर नेपालीले एमाले उम्मेदवार कोमल ओलीलाई समर्थन गर्ने भएका हुन् । दुबैले आज बिहीबार विज्ञप्ति जारी गरेर एमाले उम्मेदवार पोखरेल र ओलीलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
खड्का र नेपाली बिहीबारदेखि नेकपा एमालेमा प्रवेश समेत गरेका छन् । उनीहरूलार्ई लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका एमाले महासचिव पोखरेलले पार्टीमा स्वागत गरेका हुन । दुवैले नेकपा एमालेका उम्मेदवारलाई सूर्य चिह्नमा मतदान गरेर विजयी गराउन सबै मतदातामा अपिल समेत गरेका छन् ।

दाङ क्षेत्र न. २ मा एमालेका महासचिव पोखरेल र क्षेत्र नं. ३ मा नेकपा एमालेकी केन्द्रीय सदस्य कोमल ओली उम्मेदवार छन् ।
दाङ क्षेत्र न २ को (१) मा एमालेका प्रदेश कमिटी सदस्य बलिभद्र राना र २ को (२)मा एमाले प्रदेश कमिटी सचिवालय सदस्य गिरिराज केसी उम्मेदवार छन् ।
त्यसैगरी दाङको क्षेत्र नं ३ को (१) मा नेकपा एमालेका केन्द्रीय सदस्य तथा तुलसीपुर उपमहानगरपालिका निवर्तमान मेयर घनश्याम पाण्डे र ३ (२) मा नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत उम्मेदवार छन् ।
यस्तै दाङको निर्वाचन क्षेत्र नं. १ मा शान्ता चौधरी प्रतिनिधिसभा तथा १ (१) मा गंगाराम भट्टराई र १(२) मा कुलबहादुर केसी उम्मेदवार छन् ।
















प्रतिक्रिया