२ कार्तिक २०८३, सोमबार

राष्ट्रपति भण्डारीलाई आइसल्याण्डमा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ प्रदान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीलाई विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स् (डब्लूपीएल)’ले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ प्रदान गरेको छ ।

आइसल्याण्डमा भएको डब्ल्यूपीएलको विशेष कार्यक्रममा सहभागी राष्ट्रपति भण्डारीलाई डब्ल्यूपीएलका अध्यक्ष सिल्भाना कोच–मेहरिनले अवार्ड प्रदान गरेका हुन् ।

अवार्ड ग्रहणसँगै राष्ट्रपतिले महिला राजनीतिक नेतृत्व मञ्चको सम्मेलनलाई प्रमुख वक्ताका रूपमा सम्बोधन पनि गरेकी छिन् । भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार आइसल्यान्ड पुगेकी हुन् । उनी शनिबार स्वदेश फर्किने छिन् ।