
मकवानपुर, २२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता एवम् मकवानपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडामाथि कुटपिट भएको छ ।
मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा खतिवडामाथि कुटपिट भएको बताइएको छ ।
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–४ मा भोट माग्न पुगेका खतिवडा आफ्नो गाडीबाट ओर्लनसाथ स्थानीय पुरुषोत्तम खड्काले झापड हानेको बताइएको छ । झापड हान्ने व्यक्त अन्दाजी ५०–५५ वर्षका छन् ।
घटनापछि खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।















प्रतिक्रिया