३ मंसिर २०८३, बिहिबार

तपाईहरुको साथमा म हरेक परस्थितिको सामना गर्न तयार छु: ईश्वर पोखरेल

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । यति बेला नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आफ्नो निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर ५ को चुनावी अभियानको घरदैलो अभियानमा व्यस्त रहेका छन् ।

निर्वाचन नजिँकिदै गर्दा सोही क्षेत्रको प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका पोखरेल आफु नर्वाचित भएर सरकारमा रहँदा या नरहँदा सो क्षेत्रमा ५ वर्षमा गरेको कामहरु र निर्वाचित भएर गर्ने योजनाहरु लिएर घरदैलो अभियानमा रहेका रहेका हुन् ।

सोमबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर ४ को घरदैलो अभियानमा नेता पोखरेलले मतदाताहरु समक्ष आफु हरेक परस्थितिको समना गर्न तयार रहेको स्पष्ट पारे ।

यसअघि २०७४ को निर्वाचनमा सोही क्षेत्रमा निर्वाचित भएर पूर्वउपप्रधानमन्त्री समेत बनेका पोखरेलले भनेः म जुनसुकै पदमा पुगौ । म तपाईहरुसँग गोलबद्ध भएर हिड्न चाहान्छु ।

प्रत्यक मतदाताको घरदैलोमा पुग्दै गरेका पोखरेललाई मतदाताहरुले स्वागत गर्नुको साथै जितको शुभकामना दिदैँ आएका छन् ।

आइतबार नेता पोखरेलले काठमाडौं महानगरको ५ नम्बर वडाका मतदाताहरुसँग भेटघाट गरेका थिए । मतदाताहरुले पोखरेले यसअघि ५ वर्षमा गरेको कामबाट आफुहरु जानकारी रहेको र कामबाट सन्तुष्टि रहेको बताउँदै अब पनि सोही क्षेत्रमा पोखरेललेनै जित्नुपर्ने बताएका छन् ।

पोखरेलले जितेर आएपछी काठमाडौं-५ को लागि थप विकास निर्माणका कामलाई अघि बढाउने मतदाताहरुको विश्वास रहेको छ ।