३ मंसिर २०८३, बिहिबार

बर्खास्तीमा परेका सशस्त्र एआईजी दाहालले मन्त्रिपरिषद्मा दिए पुनरावेदन निवेदन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


बर्खास्त एआईजी दाहालद्वारा मन्त्रिपरिषद्मा पुनरावेदनकाठमाडौं । बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले सरकारी निर्णयविरुद्ध पुनरावेदन गरेका छन्।

स्रोतका अनुसार दाहालले गृहमन्त्रीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन बुझाएका हुन्। उनको निवेदनमाथि अन्तिम निर्णय गर्ने अधिकार मन्त्रिपरिषद्लाई रहेको छ। सरकारले बर्खास्तीको निर्णय यथावत् राखेमा मात्रै उनी अदालत जान सक्ने बताइएको छ।

संवेदनशील सूचना चुहाएको र बिचौलिया भनिएका इनम सापकोटासँग सम्पर्क देखिएको आरोपमा सरकारले गत असोज १९ गते दाहाललाई निलम्बन गरेको थियो।