२९ आश्विन २०८३, बिहिबार

वन संरक्षण गर्न सरकारले विशेष योजना ल्याउनुपर्छ–सभामुख

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indexकाठमाडौँ, १८ जेठ । सभामुख ले वन संरक्षण गर्नका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने बताउनुभएको छ ।

सामुदायिक वन उपभोक्ता महासङ्घको आइतवार आयोजना गरेको  ‘पाँचाँै राष्ट्रिय महाधिवेशन’को उद्घाटन गर्दै उहाँले नेपालमा ४० प्रतिशत वन निर्माणका लागि सरकारले वन संरक्षणको विशेष योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।
वनको संरक्षण गर्नका लागि स्थानीय जनताको प्रत्यक्ष सहभागिता भएको सामुदायिक वनको अवधारणा विश्वमै उत्कृष्ट प्रयास मानिएको बताउँदै उहाँले नेपालको सम्पूर्ण वन क्षेत्रलाई स्थानीय जनताको सहभागितामा संरक्षण गर्नुेपर्ने औँल्याउनुभयो ।
वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले वनको संरक्षण गर्न ‘राष्ट्रिय चेतनाको एक दशक’अभियान मनाउनुपर्ने र सो समयमा स्कुल, धारा, नदीको दुवै किनारादेखि लिएर सम्पूर्ण खाली स्थानमा रुख रोप्नुपर्ने बताउनुभयो ।

उहाँले चुरे भावर क्षेत्रमा वन फँडानी नरोकेमा त्यहाँको जनसङ्ख्यालाई पानीको सङ्कट पर्ने बताउँदै सबैलाई चुरे वन अतिक्रमण रोक्नका लागि आग्रह गर्नुभयो ।

मन्त्री आचार्यले वन क्षेत्रको संरक्षण र दिगो व्यवस्थापनका लागि सामुदायिक वनको उपभोक्ताको महत्वपूर्ण योगदान रहेको भन्दै नेपालको सम्पूर्ण वनको वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्नुपर्ने औँल्याउनुभयो ।

नेकपा (एमाले)का पोलिटब्युरो सदस्य पशुपति चौलागार्इंले वन संरक्षण र व्यावसायीकरण तथा तल्लो निकायदेखि समावेशी चरित्रको लोकतान्त्रिक अभ्यास सामुदायिक वन उपभोक्ताले गरेको बताउनुभयो ।

महासङ्घका अध्यक्ष अप्सरा चापागार्इंले प्राकृतिक स्रोतको संरक्षण र व्यवस्थापन गर्ने विषयमा संविधानमै उल्लेख गर्नुपर्नेमा जोड दिनुभयो ।

चार दिनसम्म चल्ने महाधिवेशनमा देशभरिबाट ६१० प्रतिनिधि र परिवेक्षक गरी एक हजार जनाको सहभागिता छ । महाधिवेशनले नयाँ कार्यसमितिसमेत चयन गर्ने छ ।