३१ आश्विन २०८३, शनिबार

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी प्रदेशको दोस्रो जित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कात्तिक । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित हात पारेको छ ।

त्रिवि खेल मैदान, कीर्तिपुरमा आइतबार भएको खेलमा लुम्बिनीले प्रदेश १ लाई ३९ रनले पराजित गरेको हो ।

जितका लागि २९१ रनको लक्ष्य पाएको प्रदेश १ ले ४६ ओभरमा २५१ रन जोड्दा अलआउट भयो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २९० रन बनाएको थियो ।

जितसंगै लुम्बिनी २ खेलबाट चार अंक जोड्दै तेस्रो स्थानमा पुगेको छ । मधेश पनि समान ४ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल पुलिस क्लब ६ अंकका साथ यो समूहको शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै मुलपानी क्रिकेट मैदानमा आइतबार नै त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ६९ रनले हराएको छ । आर्मीले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको गण्डकीले ३२ ओभर २ बलमा अलआउट हुँदै ९६ रनमा समेटियो ।

त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीको लागि कप्तान विनोद भण्डारीले अर्धशतकीय इनिङ खेले । उक्त जितसँगै आर्मीले ३ खेलबाट ४ अंक बनाउँदै सेमिफाइनलको सम्भावना कायम राखेको छ ।

पराजित गण्डकीको ४ खेलबाट ५ अंकसहित दोस्रो स्थानमा यथावत रहेको छ । यस समूहबाट एपीएफ क्लब तीन खेल जितेर सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।