३ मंसिर २०८३, बिहिबार

माओवादी उम्मेदवारद्वारा सर्लाहीको हरिवन बजार बन्द, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सलार्ही, २० कात्तिक । नेकपा माओवादी केन्द्र सलार्हीका नेता तथा कार्यकर्ताहरुले सर्लाहीको हरिवन बजार बन्द गरेका छन् ।

२ दिन अघि माओवादी केन्द्रीय सदस्य एवं समानुपातिक तर्फकी उम्मेदवार माया बल सवार भारतीय सवारीमा ढुंगा प्रहार भएको र घटनामा सोधपुछको लागि नियन्त्रणमा लिइएको एकजनालाई छोडेको भन्दै माओवादी कार्यकर्ताले हरिवन बजारमा विरोध प्रदर्शन गरेका हुन् ।

माओवादी केन्द्रीय सदस्य बलको नेतृत्वमा बजार बन्द र प्रदर्शन भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी प्रविण पोखरेलका अनुसार आईतबार बिहान माओवादी कार्यकर्ताले हरिवान बजारमा प्रदर्शन गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उनले अवरुद्ध पूर्व पश्चिम राजमार्ग खुलाउने छलफल भइरहेको समेत बताए ।