३१ आश्विन २०८३, शनिबार

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता सुरू

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता शनिबारदेखि सुरू भएको छ ।

वीर गणेशमान सिंह स्पोट्र्स कमिटीको आयोजनामा शनिबारदेखि सातदोबाटोस्थित टेनिस कोर्टमा प्रतियोगिता सुरू भएको हो ।

उद्घाटनमा कांग्रेसकी नेतृ सिर्जना सिंहले प्राविधिक संयोजक सूर्य भुषण बज्राचार्यलाई खेल सामग्री हस्तान्तर गरिन् । प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगिताको महिला–पुरुष विजेताले ८० हजार, दोस्रोले ४० र तेस्रोले २० हजार पाउने छन् । त्यस्तै महिला–पुरुष डबल्सको विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार पाउने छन भने पुरुष ३५ वर्षमाथि एकलका शीर्ष तीनले क्रमशः ४० हजार,२० हजार र १० हजार पाउने छन् ।

त्यस्तै पुरुष ३५ वर्षमाथि डबल्सका शीर्ष तीनले २५ हजार,१५ हजार र ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

पुरुष ४५ वर्षमाथि एकलतर्फको शीर्ष तीनले ३० हजार, १५ हजार र ५ हजार, ४५ वर्षमाथि डबल्सकाले २० हजार, १० हजार र ५ हजार, ५५ वर्षमाथिका एकलले २० तथा ६५ वर्षमाथिका शीर्ष तीनले १५ हजार, ७ हजार ५ सय र ५ हजार पाउने वीर गणेशमान सिंह स्पोट्र्स कमिटीले जनाएको छ ।