३ मंसिर २०८३, बिहिबार

मंसिर ४ पछि केपी ओली नेतृत्वको सरकार बन्ने निश्चित: कमल थापा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १९ कात्तिक  । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मंसिर ४ गतेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने निश्चित भएको बताएका छन् ।

नेकपा एमालेको हेटौंडामा शुक्रबार भएको चुनावी सभामा बोल्दै एमालेबाट मकवानपुर-१ का उम्मेदवार समेत रहेका थापाले देशभरका राष्ट्रवादी जनताले ओली नेतृत्वको सरकार हेर्न चाहेको भन्दै मंसिर ४ पछि ओली नेतृत्वको राष्ट्रवादी सरकार बन्ने दाबी गरे ।

मकवानपुरको विकासमा योगदान दिँदै आएको एमाले र राप्रपा नेपाल एकै ठाउँमा उभिँदा मकवानपुरको विकासले गति लिने भएकै कारण आफु सूर्य चिन्हबाट उम्मेदवार बनेको थापाको भनाई रहेको थियो ।