२८ आश्विन २०८३, बुधबार

दोलखामा नेकपा एसका तीन जिल्ला नेतासहित नगर कमिटी नै एमालेमा समाहित

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, ६ कात्तिक । नेकपा (एकीकृत समाजवादी) पार्टी दोलखाका तीन जिल्ला सचिवालय सदस्यसहित भीमेश्वर नगर–१ को पुरै कमिटी नेकपा एमालेमा समाहित भएको छ ।

चुनावी अभियानअन्तर्गत आज सुष्पा क्षमावतीमा आयोजित मतदाता भेटघाट कार्यक्रममा तीन जिल्ला सदस्यसहित एसको कमिटी नै माईन्युट हस्तान्तरण गर्दै एमालेमै फर्किएको हो ।

कार्यक्रममा नेकपा एसका जिल्ला कमिटीका सचिवालय सदस्य केशर थामी, केशवप्रसाद शिबाकोटी, भवानीप्रसाद थपलिया, वडा कमिटीकी सिर्जना कार्कीसहित कमिटीका पदाधिकारी र सदस्यहरु रहेको ३० सदस्यीय कमिटी नै एमालेमै फर्किएको हो ।

कार्यक्रममा प्रदेशसभा सदस्य ‘ख’ का एमाले उम्मेद्वार भरतबहादुर केसी, वागमती प्रदेश कमिटी सदस्य डबल पाण्डे, बागमती प्रदेश कमिटीका सल्लाहकार कृष्ण बस्नेत, नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिव टेक घतानेलगायतले प्रवेशीहरुलाई स्वागत गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेद्वार केसीले पार्टीमा समाहित हुने सबैलाई उचित मूल्यांकन गरेर जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गरे ।