
काठमाडौं, ६ कात्तिक । पुरातत्व विभागले टुकुचाको सुरुङमार्ग पुरातात्विक सम्पदा भएको ठहर गरेको छ ।
विभागले गरेको अध्ययनका क्रममा सुरुङ राणाकालिन भएको पुष्टि गर्दै यसलाई संरक्षण गर्नुपर्ने सुझाव दिएको छ । विभागले ईंटासँगै सुर्की चुनाको प्रयोग गरेर निर्माण भएको पाइएको उल्लेख गरेको छ ।
गुम्बज आकारमा ईंटाहरु जोडेर निर्माण भएको सुरुङमा पानी बगाउन ठाउँ-ठाउँमा भर्याङजस्तो आकारमा छाँगा बनाउँदै काठमाडौं प्लाजासम्म पुर्याएको पाइएको छ ।
अध्ययनका क्रममा महानगरले सुरुङमा प्रयोग भएका कतिपय ईंटामा ‘श्री-३ वीर’ समेत लेखेको भेटाएको थियो। विभागले यो सुरुङ सय वर्षभन्दाअघि नै बनेको निष्कर्ष निकालेको छ । योसँगै काठमाडौं महानगरपालिकाले टुकुचाको सुरुङ भत्काउन नपाउने भएको छ ।
पुरातात्विक सम्पदालाई हानी नोक्सानी गरेमा पुरातात्विक वस्तुको बिगो बमोजिमको रकम असुल उपर गरी पाँच हजार रूपैयाँदेखि एकलाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।













प्रतिक्रिया