
काठमाडौं, ६ कात्तिक । तिहारको अवसरमा न्यूरोडमा गरिएको सजावट महानगरपालिकाले हटाएको छ ।
पसलहरुमा राखिएको झिलिमिली तथा फूलको सजावटलाई पनि महानगरले हटाएको हो । फुटपाथमा पैदलयात्रुलाई हिंड्न अफ्ठ्यारो भएको भन्दै सजावट हटाउनु परेको महानगर प्रहरीले जनाएको छ ।
चाडपर्वमा आफ्नो पसल सजावट गर्दासमेत महानगरले हटाएको व्यपारीहरुले गुनासो गरेका छन् ।

लाखौँ खचेर गरेको सजावट हटाएपछि कतिपय व्यापारीहरु आक्रोशितसमेत भएका छन् ।













प्रतिक्रिया