२८ आश्विन २०८३, बुधबार

माओवादी र एसलाई धक्का: ललितपुरका जिल्लास्तरीय नेताहरु नै एमालेमा प्रवेश

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ कात्तिक । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी त्यागेर ललितपुर जिल्लास्तरीय नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आइतबार महालक्ष्मी नगरपालिकाकी पूर्वउपमेयर तथा नेकपा एसकी केन्द्रीय सदस्य निर्मला थापा र एस निकट बुद्धिजीवी परिषदका केन्द्रीय सदस्य अशोक थापा एमालेमा प्रवेश गरेका छन् ।

उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे । उनीहरुको प्रवेशसँगै जिल्लामा माओवादी र नेकपा एसलाई ठूलो धक्का लागेको छ ।