२ कार्तिक २०८३, सोमबार

अब भक्तपुरले सिहंदबारको नेतृत्व गर्छ : महेश बस्नेत

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ३० असोज । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् युवा नेता महेश बस्नेतले अब भक्तपुरले सिंहदरबारको नेतृत्व गर्ने बताएका छन् ।

प्रेस चौतारी भक्तपुर जिल्ला शाखाले आयोजना गरेको ‘नेकपा एमालेका उम्मेदवारसँग सञ्चारकर्मी’ विषयक कार्यक्रममा नेता बस्नेतले भक्तपुरमा एमालेले विकासको लहर सृजना गरेकाले लोकप्रिय रहेको बताउँदै अब भक्तपुरले नै सिंहदरबारको नेतृत्व गर्ने बताएका हुन् ।

‘हामी सबै जना भक्तपुरलाई नमूना जिल्ला बनाउन लागेका छौं,’ एमालेका उम्मेदवार बस्नेतले भने, ‘अब भक्तपुरले नै सिंहदरबारको नेतृत्व गर्ने समय आएको छ ।’ विगतको निर्वाचनबाट नै भक्तपुरमा एमाले जनतामाझ परिचित पार्टी भइसकेको बताउँदै उनले अगाडि भने, ‘हामी यो निर्वाचनमा तेब्बर मत ल्यार जित्दै छौँ ।’

राष्ट्र र राष्ट्रियताको हितमा लाग्ने पार्टी एमाले भएकाले पनि जनताले माया र विश्वास गर्ने अपेक्षा बस्नेतको थियो । पूर्वमन्त्री समेत रहेका नेता बस्नेतले आफूलाई हराउनकै लागि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भक्तपुरका सडक योजनाहरूको बजेट काटेको आरोप पनि लगाएका छन् ।