२९ कार्तिक २०८३, आइतबार

मलाई हराउन अर्थमन्त्रीले भक्तपुरको विकास बजेट कटौती गरे : महेश बस्नेत

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा भक्तपुर–२ का प्रतिनिधि सभा उम्मेदवार महेश बस्नेतले आफूलाई हराउन अर्थमन्त्री जनार्दन शर्माले भक्तपुरको विकास बजेट कटौती गरेको बताएका छन् ।

आज आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले भक्तपुरको विकास बजेट कटौती गरेको दाबी गरेका हुन् ।

‘ओली सरकार आएपछि वडा वडामै करोडौँ बजेट ल्याएका थियौँ । तर, देउवा सरकार आएपछि बालुवाटारकै सहमतिमा अर्थमन्त्रीले अर्थसचिवलाई राखेर भक्तपुरको विकास बजेट काट्न लगाए,’ पूर्वमन्त्री समेत रहेको बस्नेतले भने, ‘विकास रोकेर मलाई हराउन खोजिएको छ, तर त्यो दुस्प्रयास सफल हुने छैन । यो कुरा उहाँहरूका लागि उल्टो हतियार बन्नेछ । मलाई काट्न खोज्ने हतियारले उहाँहरूलाई नै काट्नेवाला छ ।’

उनले भक्तपुरको विकास निर्माणको कुनै कसर बाँकी नराखी काम गरेको जिकिर गर्दै भक्तपुरको आवाजलाई सदनमा मात्रै नभएर राष्ट्रिय राजनीतिमा बुलन्द गरेको समेत बताएका छन् । आगामी निर्वाचनमा बजेट दिने एमाले सरकार र बजेट काटेर विकास रोक्ने गठबन्धन सरकारबीच भिन्नता छुट्याएर मतदान गर्न उनले मतदातालाई अपिल समेत गरेका छन् ।

गठबन्धन सरकार आएपछि भक्तपुरको विकास बजेट सबै काटेको नेता बस्नेतको भनाइ छ ।