२९ आश्विन २०८३, बिहिबार

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा विशेषज्ञ सेवा सुरु हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pasimपोखरा, १८ जेठ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा छिट्टै  विशेषज्ञ सेवा सुरु गरिने जानकारी गराउनुभएको छ ।

लक्ष्मी ग्रुपका सञ्चालक गणेशबहादुर श्रेष्ठ र बुद्धिबहादुर श्रेष्ठद्वारा आफ्ना स्व मातापिता  पुतलीदेवी र दिलबहादुरका स्मृतिमा अस्पतालको हातामा नवनिर्मित दिल–पुतली स्मृति कक्ष हस्तान्तरण समारोहलाई आइतवार सम्बोधन गर्दै उहाँले अस्पताललाई चिकित्सा विज्ञान प्रतिष्ठान बनाउन कार्यदल गठन गरिएको  बताउनुभयो ।
मन्त्री अधिकारीले आफ्नै प्रयासमा यससम्बन्धी प्रक्रियाका फाइल अगाडि बढेको र कार्यदलको प्रतिवेदन आएपछि दुवै काम अघि बढ्ने बताउनुभयो ।

सभासद् शारदा पौडेलले उद्यमी तथा व्यापारीलाई आफ्नो कमाइको केही अंश छुट्टाई समाजसेवामा खर्च गर्न आग्रह गर्नुभयो ।
अस्पताल विकास समितिका अध्यक्ष डा कालु शर्मा, मेडिकल सुपरिटेन्डेन्ट डा श्रीकृष्ण श्रेष्ठ र डा वसन्तकुमार ताम्राकारले अस्पतालले अहिलेसम्म विशेषज्ञ सेवा दिन नसकेको गुनासो पोख्नुभयो ।
सहयोगदाताको करिब २८ लाखको लागतमा निर्मित उक्त कक्ष बनेपछि सघन उपचार कक्ष र मिर्गाैला डाइलोसिस गर्न आउने बिरामीका कुरुवालाई बस्न सजिलो पुगेको छ ।
नौ वर्षअघि पनि उहाँहरूले रु ११ लाख खर्च गरेर मिर्गाैला उपचार कक्ष निर्माण गरिदिनुभएको थियो ।

सरकारबाट दुई र जापान सरकारले उपलब्ध गराएका पाँंच यन्त्रबाट अहिले मिर्गाैलाका बिरामीले डाइलोसिस सेवा पाइरहेका छन् । अस्पतालबाट  १८० जनाले डाइलोसिस सेवा लिइसकेका छन् ।