१ कार्तिक २०८३, आइतबार

नवौं राष्ट्रिय खेलकुद : बागमती प्रदेशले हात पार्यो फेन्सिङ्गमा दुई स्वर्ण

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २६ असोज । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत बागमती प्रदेशले फेन्सिङ्गमा तेश्रो दिन दुई स्वर्ण हात पारेको छ ।

यो सहित बागमती ४ स्वर्णसहित पदक तालिकामा अग्रस्थानमा रहेको छ ।

बुधबार पुरुष टीम फाइनलतर्फ बागमतीले नेपाली सेनालाई ४५–३५ अंकले पराजित गर्दै स्वर्ण संख्यालाई तीनमा पुर्याएको हो । सुदूरपश्चिम र प्रदेश १ ले कास्य पदक प्राप्त गरे ।

यस्तै बुधबार नै सम्पन्न महिलाको सेवर टीम इभेन्ट्समा पनि बागमतीले स्वर्ण हात पार्दै स्वर्ण संख्यालाई ४ पुर्याउँदै पदक तालिकामा आफूलाई अग्रस्थानमा पुर्याउन सफल भएको हो ।

बागमतीले सेनालाई ४५–३५ अंकले पराजित गर्दै स्वर्ण कब्जा गरेको हो । एपिएफ र प्रदेश १ ले कास्य पदक प्राप्त गरे ।

पोखरा रङ्गशालास्थित ब्याडमिन्टन कभर्डहलमा भएको प्रतियोगिताको महिला इपीतर्फको प्रतिस्पर्धामा सेनाले विजयी हुँदै स्वर्ण हात पारे । सेनाले एपिएफलाई ४५–४० ले पराजित गरेको हो । तेश्रो स्थानमा प्रदेश १ र सुदूरपश्चिम रह्यो ।