३ मंसिर २०८३, बिहिबार

काठमाडौंको महाराजगन्जमा स्कुटर दुर्घटनाः एकको मृत्यु, एकजना घाइते

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असोज । काठमाडौंको महाराजगन्जको एकेडेमी मोडमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको भने एक एकजना भएका घाइते छन् ।

बिहीबार बिहान नारायणगोपाल चोकबाट शीतलनिवासतर्फ आउँदै गरेको बा ४२ प ३३१४ नम्बरको स्कुटर अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा स्कुटर चालक नुवाकोटको शिवपुरी गाउँपालिका–४ का २० वर्षीय आनन्द गुरुङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

घाइते भएका स्कुटरमा पछाडि सवार दोलखाका २० वर्षीय सचिन तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ ।