३ मंसिर २०८३, बिहिबार

गठबन्धनमा सिट बाँडफाँटको सहमति हुन सकेन, आजको बैठक पनि निष्कर्षविहीन

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि निष्कर्षविहीनमा सकिएको छ ।

सोमबार बसेको बैठक निष्कर्षविहीन बनेपछि आज पुनः बैठक बसेको थियो तर आज पनि सिट बाँडफाँटमा कुनै सहमति हुन नसकेको हो ।

बैठक भोलि फेरि बस्ने गरि स्थगित भएको बताइएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमाका दिन उम्मेदवारी दर्ताको कार्यतालिका नजिकिदैँ गर्दा गठबन्धनमा सहमति जुटाउन शीर्ष नेताहरु दिनहुँ बैठक बसिरहेका छन् ।