
काठमाडौं, १७ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३७५ जनामा गरिएको परीक्षणमा थप ३३ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालय अनुसार आइतबार थप ६६ जनाले कोरोनालाई जितेका छन् । हाल देशभर ८८९ सक्रिय संक्रमित उपचाररत रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाको कारण १२ हजार १८ जनाको मृत्यु भएको छ ।













प्रतिक्रिया