३ कार्तिक २०८३, मंगलबार

संघीय संसद भवन निर्माणको गति बढाउन राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको निर्देशन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसदको निर्माणाधीन भवनको कामको गति बढाउन निर्देशन दिएका छन् ।

शुक्रबार सिंहदरबार परिसरभित्र संघीय संसदका दुई सदन राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको बैठक कक्षलगायत विभिन्न भवनहरुको शुक्रबार स्थलगत अवलोकन गर्दै कामको गति बढाउन निर्देशन दिएका हुन् ।

अध्यक्ष तिमिल्सिनाले हालसम्मको कार्यप्रगति सन्तोषजनक नरहेको बताउँदै तोकिएको समयमा निर्माण सम्पन्न गर्न तीन सिफ्टमा काम गराउन निर्देशन दिए । उनले अहिलेको गतिले बाँकी समयमा यो आयोजना सम्पन्न हुने नदेखिएको बताएका छन् ।

उनका अनुसार आगामी २०८० असोजसम्म काम सम्पन्न गरेर उद्घाटन गर्नुपर्ने छ । २०७६ असोजमा निर्माण सुरु भएको यस आयोजनाको सुरुमा सम्पन्न अवधि तीन वर्ष तोकिएको थियो । हाल कोभिडका कारणले थप गरिएको ६ महिनासहित चैत्र मसान्तसम्म म्याद रहेको शहरी विकास तथा भवन डिभिजन विभाग अन्तर्गतको आयोजना समन्वय कार्यालयले जनाएको छ ।

आयोजना कार्यालयका अनुसार यस भवनको ठेक्का सम्झौता रकम ५ अर्ब २ करोड रहेको छ । कुल १५१ रोपनी क्षेत्रफलमा फैलिएको संघीय संसद प्राचिन स्वरुपमा निर्माण भइरहेको हो ।