
काठमाडौं, १४ असोज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब आफ्नै पार्टीभित्र विद्रोह गर्ने बेला आएको बताएका छन् ।
शुक्रबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्रोह गरेर पार्टीलाई ठिक ठाउँमा नल्याए सत्ताको हतियारमात्र हुने बताएका हुन् । पार्टीलाई सही ट्रयाकमा ल्याउन आवश्यक परे बिद्रोह समेत गर्नुपर्ने उनको भनाइ थियो ।
पार्टीभित्र ठूलो शुद्धीकरण अभियाउन चलाउनुपर्ने आवश्यकता औँल्याएका थापाले चुनाव जित्नका लागि मात्र पार्टी गठन गरेको जस्तो भएको भन्दै विद्रोह गर्नुपर्ने बेला आएको जिकीर गरेका हुन् ।
निर्वाचन आयोगमा पार्टीले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीप्रति असन्तुष्ट रहँदै आएको शेखर–गगन समूहले सच्याउनलाई अल्टिमेटमसमेत दिएको छ ।
पार्टीभित्र पनि असन्तुष्टि बढ्दै गएकाले नयाँ प्रकारको संघर्षको आवश्यकताको बोध हुन थालेको उनले स्पष्ट पारेका छन् ।















प्रतिक्रिया