३ कार्तिक २०८३, मंगलबार

राप्रपाको कार्यालय भवन हटाउन काठमाडौं महानगरको माइकिङ

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय भवन अनधिकृत भन्दै महानगरले हटाउन माइकिङ गरेको छ ।

काठमाडौंको धुम्बाराहीमा अवस्थित राप्रपाको कार्यालय विद्युत् प्रसारण लाइनमुनि रहेकाले हटाउन महानगरपालिकाले निर्देशन दिएको हो ।

विद्युत् प्रसारण लाइनको तल पर्ने जमीनमा बनेको संरचनामा महानगरपालिकाले नक्सापास नगर्ने भएकाले त्यस्तो स्थानमा बनेको संरचना स्वतः अवैध हुने महानगरको भनाइ छ ।

यद्यपि, राप्रपाले भने सबै प्रक्रिया पूरा गरेर भवन निर्माण गरेको बताएको छ ।