
काठमाडौं, १३ असोज । मेगा क्यापिटल मार्केट्स लिमिटेड पाँचौं वार्षिक साधारणसभा गर्ने तयारीमा जुटेको छ ।
बितेका पाँच वर्षमा कम्पनीले एक लाख ८० हजार जनाको डिम्याट खाता खालेको छ भने लगानी व्यवस्थापन सेवामा ३५८ जना सेवाग्राहीबाट करिब ६८ करोडको पोर्टफोलियो व्यवस्थापन गर्दै आएको छ ।
मेगा क्यापिटलले हाल सञ्चालनमा भएका ३० ओटा मर्चेन्ट बैंकहरुमध्ये आफ्ना समकालीन मर्चेन्ट बैंकहरुलाई पछि पार्दै तीब्र गतिमा अगाडि बढेको दाबी गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा मेगा क्यापिटल २४.५ प्रतिशत वितरण योग्य मुनाफा आर्जन गर्न सफल भएको कम्पनीले जनाएको छ ।
मेगा क्यापिटलले संस्थागत परामर्शदाता सेवाको रुपमा सेवाग्राही तथा आवद्ध लगानीकर्तालाई वित्तीय समस्या हल गर्न परिणाममुलक सेवा दिँदै मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा नयाँ आयाम थपेको बताइएको छ । त्यस्तै गरी नयाँ कामको रुपमा कुनै पनि कम्पनीको प्रमोटर सेयर खरिद बिक्री गर्ने इच्छा भएकालाई सहजिकरण गर्दै आएको छ ।
विभिन्न कम्पनीहरुसँग आईपीओ र अन्डरराइटिङ सम्झौता पनि मेगा क्यापिटलले गरेको छ ।
अत्याधुनिक प्रणालीको व्यावसायिक उपभोग गर्ने रणनीति अनुरुप संस्थाले डिम्याट खाता, मेरो सेयर खाता खोल्ने, नविकरण गर्ने र लगानी व्यवस्थापन सेवा समेत अनलाइनमार्फत गर्न सकिने व्यवस्था मिलाएको छ ।
क्यापिटलले प्रदान गर्ने सेवाहरुलाई छिटो छरितो बनाई ग्राहकको आवश्यकता र चाहना अनुसार सेवा उपलब्ध गराउने मुख्य उद्देश्य साथ काठमाडौं उपत्यकाबाहिर पोखरा, बुटबल र विराटनगरबाट समेत भौतिक संरचनाबाट पनि सेवा दिने क्यापिटलको योजना रहेको कम्पनीले बताएको छ ।















प्रतिक्रिया