
काठमाडौं, ११ असोज । अभिनेता दीलिप रायमाझी क्लबमा पुगेर लोकलको माग गर्दै मस्ति गरेका छन् ।
हास्यव्यङ्ग्य कलाकार एवम् गायक राजाराजेन्द्र पोखरेल र शान्तिम कोईरालाकाको आवाजमा रहेको गीतको भिडियोमा उनले लोकलको माग गरेका हुन् ।
लोकलको माग गर्दै रमाइलो शैलीमा प्रस्तुत भएका दीलिप रायमाझीलाई समारिका र स्मारिका ढकालले साथ दिएका छन् ।
राजा राजेन्द्र पोखरेलको शब्द संगीतमा रहेको गीतको भिडियोमा गायक पोखरेल र शान्तिम कोइरालाको समेत अभिनय रहेको छ । मदिरा सेवन गरेपछि गर्ने उटपट्याङ गतिविधीलाई गीतमा रोचक ढंगले प्रस्तुत गरिएको छ ।
शिव विक को निर्देशनमा बनेको गीतमा शिव विककै कोरियोग्राफी रहेको छ । सौरभ लामाको छायांकन रहेको गीतको भिडियोलााई मिलन विश्वकर्माले सम्पादन तथा रंगसंयोजन गरेका छन् ।















प्रतिक्रिया