५ कार्तिक २०८३, बिहिबार

विदेशी दबाब र प्रभाव बढ्यो, राष्ट्रवादी शक्ति एकजुट हुनुपर्छः कमल थापा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

No description available.

हेटौंडा, ९ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा विदेशी दबाब र प्रभाव बढ्दै गैरहेकाले राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने बताएका छन्।

शनिबार हेटौंडा -१३ को पदमपोखरीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मुलुकको स्वाधिनता र स्वाभिमानको रक्षा, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धि, भ्रष्टाचार अन्त्यको निमित्त राष्ट्रवादी शक्ति एक ठाँउमा आउनुपर्ने बताएका हुन्।

थापाले मुलुकमा बेथिति र कुशासन ल्याउने शक्ति जनताले चिन्नुपर्ने भन्दै भ्रष्टाचारको जालो तोड्न राप्रपा नेपाललाई रोज्न समेत उनको आग्रह गरे। मकवानपुरको अपुरो विकासको काम सम्पन्न गर्न चुनावी मैदानमा आउन चाहेको भन्दै आफूलाई अब जनताको सेवाबाहेक अरु कुनै चाह नरहेको समेत स्पष्ट पारे।

राप्रपा नेपाललाई घेराबन्दी र षड्यन्त्रमा पारेर असफल कमजोर बनाउन खोज्ने शक्ति असफल हुने समेत उनले टिप्पणी गरे।