२ कार्तिक २०८३, सोमबार

तिमीसँग मेरो भेटघाट…

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोबिन्द राज ओझा (राजन)

तिमीसँग मेरो भेटघाट होस
यात्रा टाढा होला साथ तिमिसँग रहोस

लज्जाएकी तिमिलाई कसरी हेरुँला
तिमीसँग गफ गर्दै हिँडदै गरुँला
सुनाउ तिमीले तिम्रो गाउँतिरका भाकाहरु
खुलस्त होस मनका ति कुराहरु

कति लज्जाउछौ, लज्जाएर तिमी लुक्न खोज्छौ
गफ गर्दै बसुला, तिमीसँग म रमाउँछु
ईशाराले तिमीसँग केही भन्न खोजिरहेको छु
तिमीसँगै जिवन काटौला भन्ने सोचेको छु ।

दिपायल सिलगढी नपा–२ दिपायल डोटी नेपाल